दशैंमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

दशैंमा राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

  • बिहिबार, कार्तिक ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौ, ५ कात्तिक ।

विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ ।

उहाँहरूले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति यादवले दशैंको शुभकामना दिँदै प्रमुख राजनीतिक मुद्दा निरुपरण भएको अवस्थामा अब आर्थिक क्रान्तिका लागि साझा राष्ट्रिय लक्ष्यमा लग्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपतिद्वारा जारी सन्देशमा नेपालको नयाँ संविधानले देशमा लोकतन्त्रको आधारभूत मान्यता स्थापित गर्दै देशबाट सबै प्रकारका विभेद, अन्याय र शोषण अन्त्य हुने विश्वास व्यक्त गरिएको छ । सबै जातजाति र समुदायबीच आपसी भाइचारा कायम गर्न नयाँ संविधान सफल रहोस् भन्ने कामना पनि राष्ट्रपति यादवले गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति झाको सन्देशमा दशैंले नेपाली नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । उहाँले यस पर्वले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमती, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिँदै नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृति मुलुक भएकाले आफ्नो परम्परालाई निरन्तरता दिएर देशलाई एकतावद्ध र अखण्ड राख्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानले झण्डै ७ दशकदेखिको नागरिकको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ ।

अब संबिधानको प्रभावकारी कार्यान्वयनसँगै नागरिकले पाएका हक–अधिकार व्यबहारमै लागु हुँदै जाने सुनिश्चित रहेको पनि उहाँले बताउनुभएको छ ।

इन्धनलगायतका आपूर्ति व्यबस्था असहज हुँदा चाडपर्वमा समेत नागरिकले सास्ती बेहोर्नुपरेको तर्फ सरकार गम्भीर रहेको र आपूर्ति व्यबस्थालाई सहज बनाउन पहल थालिसकेको समेत उहाँको वक्तव्यमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी