भ्रष्टाचारलाई निर्मूल पार्छु प्रधानमन्त्री ओली

भ्रष्टाचारलाई निर्मूल पार्छु प्रधानमन्त्री ओली

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ४ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई निर्मूल पार्ने बताउनुभएको छ ।

नेकपा (एमाले) झापा जिल्ला कार्य समिति लगायत ३४ वटा संघसंस्थाले गरेको नागरिक अभिनन्दनमा उहाँले आफ्नो कोही पनि सन्तान नभएको भन्दै उहाँले भ्रष्टाचार गर्नु पर्ने आवश्यकता पनि नरहेको बताउनुभयो ।

उहाँले नेकपा एमाले छिट्टै ठूलो पार्टी हुने दावी समेत गर्नुभयो । नेकपा माले समेत एमालेमा आउन सक्ने तर्फ लक्षित गर्दै उहाँले सँगै रहनुभएका मालेका महासचिव सीपी मैनाली पनि अब एमाले भन्दा बाहिर रहन नसक्ने जिकीर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले एक बर्ष्भित्रै देश लोडसेडिङ मुक्त हुने र सिँचाई सुविधा पुर्याउन सकिने सबै खेतमा सिँचाईको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो ।

विकास र भ्रष्टाचारको कुरा गरेका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दी र नेपाल भारतको सम्बन्धको विषयमा भने केही बोल्नुभएन ।

नागरिक अभिनन्दन ग्रहण गर्नुअघि प्रधानमन्त्री ओलीले इलामको सुखानीमा सहिद स्मृति पार्कको अनावरण गर्नुभएको थियो ।

उहाँले झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते प्रहरीद्धारा मारिएका रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको सम्झनामा स्थापना गरेको पार्कको अनावरण गर्नुभएको हो ।

पार्कको अनावरण गर्दै प्रधामन्त्री ओलीले सहिदप्रति श्रद्धान्जली समेत अर्पण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी