बडादसैँको आठौं दिन महाअष्टमी मनाईंदै

बडादसैँको आठौं दिन महाअष्टमी मनाईंदै

  • बुधबार, कार्तिक ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, ४ कात्तिक ।

आश्विन शुक्ल अष्टमीका अवसरमा आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।

यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।

देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।

महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी