मधेशी मोर्चासँग औपचारिक वार्ताका लागि पहल शुरु

मधेशी मोर्चासँग औपचारिक वार्ताका लागि पहल शुरु

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, ३ कात्तिक ।

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज भएको वार्तामा प्रदेश सीमाङ्कनको विषयलाई मोर्चाले पुनः उठाएको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा संयोजकत्वको सरकारी वार्ता टोलीसँग तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठीले सरकारी वार्ता टोलीको कार्यादेश ९म्यान्डेट०बारे जिज्ञासा राख्नु भएको थियो ।

“तराई–मधेस आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता, घाइतको उपचार, सहीद घोषणालगायत पुरानै माग उहाँहरूले दोहो¥याउनुभयो,” वार्ताबारे जानकारी दिँदै बिना विभागीय मन्त्री रामजनम चौधरीले राससलाई भन्नुभयो ।
वार्ताको वातावरण बनाउन नेताद्वय ठाकुर र त्रिपाठीले आग्रह गर्नुभएको वार्ता टोलीका सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले बताउनुभयो ।

मोर्चाको वार्ता टोलीका सदस्यद्वय लक्षण कर्ण र लालबहादुर राउत राजधानी बाहिर रहेकाले पुनः बैठक गर्नेगरी आजको वार्ता टुङ्गिएको बताउँदै उहाँले मोर्चाका सबै सदस्य जुटेपछि फेरि वार्ता हुने जानकारी दिनुभयो ।

वर्तमान सरकार गठन भएपछि बनेको वार्ता टोलीसँगको पहिलो बैठकमा परिचय र सामान्य छलफल भएको जानकारी दिँदै नेता त्रिपाठीले टोलीमा नेपाली काँग्रेसको प्रतिनिधित्वको सुनिश्चितताबारे पनि आफूहरूले जिज्ञासा राखेको बताउनुभयो ।

“राजनीतिक रुपमा प्रदेशको सीमाङ्कन मुख्य विषय भएकाले वार्ता टोलीको कार्यादेशबारे सोध्यौँ” सार्थक वार्तामा आफूहरूले जोड दिएको जानकारी दिँदै उहाँले भन्नुभयो ।

संयन्त्र बनाएर नेपाली काँग्रेसलाई पनि वार्ता टोलीमा सामेल गराइने जानकारी सरकारी वार्ता टोलीले दिएको नेता त्रिपाठीले बताउनुभयो । सरकारले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्न उपप्रधानमन्त्री थापाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली हिजो गठन गरेको हो । आजको वार्तामा टोलीका सदस्य एवम् सामान्य प्रशासन मन्त्री रेखा शर्मा हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी