अध्यक्ष दाहाल र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

अध्यक्ष दाहाल र नेमकिपा अध्यक्ष बिजुक्छेबीच भेटवार्ता

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

भक्तपुर, ३ कात्तिक ।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबीच आज भेटवार्ता भएको छ ।

बिजुक्छे निवास कमलविनायकमा आज एक घण्टासम्म भएको भेटमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशमा उत्पन्न असहज परिस्थितिलाई सहज बनाउनेतर्फ दुई नेताबीच छलफल भएको थियो ।

भेटमा अध्यक्ष बिजुक्छेले पेट्रोलियम पदार्थलगायत आवश्यक वस्तुहरूमा भारतमा मात्र निर्भर नभएर अन्य देशहरूबाट समेत ल्याउन विकल्प खोज्नुपर्ने सुझाब दिनुभएको थियो ।

पेट्रोलको विकल्पमा विद्युतीय गाडी र मोटरसाइकल आयाततर्फ ध्यान दिनुपर्ने सुझाब दिँदै उहाँले विकल्पमा चीनलगायत अन्य देशसँग तत्काल प्रस्ताव गरेर अगाडि बढ्नुपर्ने उहाँले सुझाव दिनुभएको नेमकिपाका सचिव सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले विगतमा भन्दा भिन्नै तरिकाले सरकार सञ्चालन गर्ने बताउनुभएको सचिव प्रजापतिले जानकारी दिनुभयो । मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो दलको ध्यान गएको अध्यक्ष दाहालले भेटमा बताउनुभएको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी