वैकल्पिक उपाय खोज्न उच्चस्तरीय समितिको आग्रह

वैकल्पिक उपाय खोज्न उच्चस्तरीय समितिको आग्रह

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कात्तिक ३, काठमाडौं ।

‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको बैठकले मुलुकमा देखिएको पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट टार्न वैकल्पिक उपायको खोजीका लागि सरकारलाई आग्रह गरेको छ ।

सरकारलाई समर्थन गर्ने विभिन्न ११ दलका शीर्ष नेता सम्मिलित समितिको बैठकले भारतीय सीमा क्षेत्रमा भएको अवरोधका कारण पेट्रोलियम पदार्थको अभावको समस्या समाधानका लागि भारतबाहेक चीन र बङ्गलादेशसँग पनि आवश्यक सम्पर्क बढाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले वैकल्पिक उपायको खोजी र मुलुकभित्रको स्रोत साधनको उपयोग गर्न तथा आपूर्ति व्यवस्था सहज बनाउन नेपाल आयल निगमलाई निर्देश गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमण र द्विपक्षीय भेटवार्ताबारे अवगत गराइएको थियो ।

यस्तै, बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने तथा मधेसी मोर्चासँग अनौपचारिक वार्ता पनि अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो । सरकार सञ्चालनमा समन्वयका लागि गत साता एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा सो समिति गठन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी