बस दुर्घटनासँगै आगलागी, ७ जनाको शव फेला

बस दुर्घटनासँगै आगलागी, ७ जनाको शव फेला

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ,३ कात्तिक ।

बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हँुदा बसमा सवारमध्ये ७ जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवार रहेको र तीमध्ये १२ जनाको जीवित उद्धार गरिएको छ भने अहिलेसम्म छ जनाको शव प्राप्त भएको हो । घाइतेकोउद्धार जारी नै रहेको र मृतकको अझै सनाखत हुन सकेको छैन् ।

बसमा सवार यात्रु केहीले पेट्रोलियम पदार्थ बोकेको र बस अनियन्त्रित भई दुर्घटना हँुदा तातेर आगलागी भएको प्रहरीको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी