आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास जारी छ : प्रधानमन्त्री

आपूर्ति सहज बनाउन कूटनीतिक प्रयास जारी छ : प्रधानमन्त्री

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिनुभएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताउनुभयो ।

तराई–मधेसका समस्या राजनीतिक संवादका माध्यमबाट समाधान गर्न, भारतको अघोषित नाकाबन्दीका कारण कष्टकर बन्दै गएको जनताको दैनिकी सहज बनाउन कूटनीतिक प्रयासका साथै वैकल्पिक बाटोबाट इन्धन आपूर्तिका लागि ठोस प्रयास गर्न विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भूपरिवेष्ठित नेपालको पारवहन अधिकार सुनिश्चित गर्न अन्तर्रा्ष्ट्रि«य समुदायको ध्यानाकर्षण गर्नुपर्ने तथा अहिलेको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने माग प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी