दशैंमा राष्ट्र बैंकले ५७ अर्ब नयाँ नोट साट्यो

दशैंमा राष्ट्र बैंकले ५७ अर्ब नयाँ नोट साट्यो

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, ३ कार्तिक ।

नेपाल राष्ट्र बैंकले दशैंका लागि ५७ अर्ब रूपैयाँ नायाँ नोट बजारमा पठाएको छ । असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा सञ्चालन गरेको थियो ।

राष्ट्र बैंकको थापाथली कार्यालय र बिराटनगर, जनकपुर, बीरगञ्ज, भैरबहा, पोखरा, नेपालगञ्ज, धनगढीमा रहेका क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही सुविधा प्रदान गरिएको थियो ।

बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।

सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २र२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १र१ प्याकेट उपलब्ध गराइएको छ । एक जनालाई २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।

हिन्दूहरूको महान चाड दशैंमा प्रत्येक वर्ष राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी