लुकाएको अबस्थामा २०० लिटर पेट्रोल बरामद

लुकाएको अबस्थामा २०० लिटर पेट्रोल बरामद

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

हेटौँडा, ३ कात्तिक ।

हेटौँडा उपनगरपालिका–११ थानाभ¥याङस्थित शिवम् पेट्रोल पम्पमा लुकाइराखेको २०० लिको पेट्रोल जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज छापा मारी नियन्त्रणमा लिएको छ।

सो पेट्रोल स्थानीय उपभोक्तालाई वितरण गर्न आजै सो पम्पका व्यवस्थापकलाई निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

यसैबीच हेटौँडास्थित दुई पम्पबाट १२ हजार लि डिजेल र पाँच हजार लि पेट्रोल सार्वजनिक यातायातलगायत एम्बुलेन्स तथा दूध वितरण गर्ने सवारी र दूरसञ्चारलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनियमितता गरी पेट्रोल लुकाई कृत्रिम अभाव सिर्जना गर्ने पम्पलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकेको मकवानपुरका सहायक प्रजिअ चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी