संविधान संशोधन विधेयक पारित हुनुपर्छ : सिंह

संविधान संशोधन विधेयक पारित हुनुपर्छ : सिंह

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ३ कात्तिक ।

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले तराई–मधेसका समस्या समाधान गर्न शीघ्र संविधान संशोधन विधेयक पारित हुनुपर्नेमा जोड दिनुभएको छ ।

विजयादशमीका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उहाँले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले सदनमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक विविध कारणले तत्कालीन अवस्थामा पारित हुन नसके पनि मधेस आन्दोलन अन्त्यका लागि विधेयक अविलम्ब पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति कोइरालाको प्रधानमन्त्रीमा परेको उम्मेदवारीलाई सत्ताको लोभ भनेर गरिएको प्रचारको प्रतिवाद गर्दै उहाँले लोकतन्त्रको संस्थागत विकास एवम् सुदृढीकरणका लागि काँग्रेस सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

आफ्नो पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताउँदै महामन्त्री सिंहले त्यस निम्ति अन्य दलसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले दसैँपछि बस्ने पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी