खाद्यवस्तुमा प्रतिकिलो २० रुपैयाँसम्म मूल्यबृद्धि

खाद्यवस्तुमा प्रतिकिलो २० रुपैयाँसम्म मूल्यबृद्धि

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

भारतले गरेको अघोषित नाकाबन्दी र इन्धन अभाव देखाउँदै डडेल्धुराका व्यापारीले उपभोग्य सामाग्रीमा अत्यधिक मूल्यबृद्धि गरेका छन् ।

डडेल्धुरामा तेलको मूल्य सबैभन्दा बृद्धि भएको छ उपभोक्तहरुको गुनासो छ ।

त्यसैगरी, चिनी, चामल, पिठो, दाललगायतका खाद्यवस्तुमा प्रतिकिलो २० रुपैयाँसम्म र लत्ताकपडा, निर्माण सामग्री, भाँडा–वर्तनलगायतका सामाग्रीमा पनि अत्यधिक मूल्यबृद्धि गरिएको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धिले उपभोक्ताहरु मर्कामा परेका छन् । भारतबाट आयात हुने आवश्यक मालसामान सहजरुपमा आउन नसक्दा व्यापारीहरुले अभाव देखाउँदै उच्च मूल्यबृद्धि गरेका हुन् ।

उपभोग्य सामाग्रीको अत्यधिक बृद्धि हुँदासमेत स्थानीय प्रशासनले बजार अनुगमन गरेको छैन ।

उपभोग्य सामाग्रीमा गरिएको मूल्यबृद्धिले दुर्गम जिल्ला बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटीका नागरिकको दैनिकीमा प्रत्यक्ष असर परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी