उदयपुरको गाईघाटमा मिनीट्रक दुर्घटना एकको मृत्यु

उदयपुरको गाईघाटमा मिनीट्रक दुर्घटना एकको मृत्यु

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

उदयपुर ३ कार्तिक ।

उदयपुरको गाईघाटमा बजारबाट पहाडी क्षेत्र फोक्सिङटारतर्फ जाँदै गरेको मिनीट्रक साउने गाविस–१ स्थित जङ्गलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने, तीन जना गम्भीर भएका छन ।

आज बिहान ६ बजे भएको दुर्घटनामा खोटाङ बतासे–४ की १९ वर्षीया श्रद्धा राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

यस्तै खोटाङ बतासेकै ३२ वर्षीय मिनीट्रक चालक विष्णुकुमार राई, देवन राईसहित तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो ।

बा२ख ७६५६ नम्बरको उक्त मिनीट्रकले १५ जना यात्रु बोकेर साउने जङ्गलको कच्चीबाटोको ओरालोमा जाँदै गर्दा मिनीट्रक सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेका अन्य बाँकी ११ जना यात्रु सकुशल रहेको छ ।

प्रहरीले अहिले सदरमुकाम गाईघाटबाट एम्बुलेन्ससहितका टोलीलाई घटनास्थलतर्फ पठाएको छ भने घाइते यात्रुलाई घटनास्थलमा पुगेर प्रहरी चौकी साउनेको टोलीले उद्धार गरिरहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी