बढी भाडा लिने सवारीको उजुरी गर्न आह्वान

बढी भाडा लिने सवारीको उजुरी गर्न आह्वान

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, २ असोज ।

यातायात व्यवस्था विभागले दसैँको मौका छोपी यात्रुसँग बढी भाडा उठाएको, विद्यार्थी सहुलियत नदिएको जस्ता उजुरी बढी आएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले विसं २०७२ भदौ २५ गतेदेखि कार्यान्वयनमा आए भन्दा बढी भाडा लिने सवारी साधनलाई यात्रुले दिएको उजुरीका आधारमा न्यूनतम रु पाँच हजार जरिवाना गरी कारबाही गरिने भएकाले मनपरी भाडा नउठाउन अपिल गर्नुभयो ।

विभागको निर्देशन विपरीत बढी भाडा उठाएमा ट्राफिक प्रहरीको १०३ नं र प्रवक्ता वसन्त अधिकारीको मोबाइल नं ९८४१२२२८८३ मा बढी भाडा लिने सवारीको नं सहित सूचना दिएर उजुरी गर्न सकिने पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी