१०ः५५ बजे टीकाका लागि साइत उपयुक्त

१०ः५५ बजे टीकाका लागि साइत उपयुक्त

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २ कात्तिक ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक ५ गते बिहीबार विजया दशमीका अवसरमा बिहान १०ः५५ बजे टीकाका लागि साइत उपयुक्त भएको जनाएको छ । सामान्यतः टीकाको साइत आवश्यक नपर्ने तर साइत जुराउन चाहनेका लागि सो साइत उपयुक्त भएको बताइएको छ ।

तिथि घटबढका कारण सोही दिन महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्ने र बिहान १०ः४५ बजे देखि बिसर्जन गर्न उपयुक्त हुने समितिले सरकारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

विजयदशमीमका दिन बिहान ११ः०१ बजे तुलजा भवानीको यात्रा र ११ः५५ बजे स्थिराशनपछि खड्गयात्राका लागि उपयुक्त हुने उल्लेख छ । भोलि ३ गते फूलपातीका दिन बिहान १०ः५५ बजे तुलजा भवानी यात्रा गरी ११ः५३ बजे स्थिराशन गर्नुपर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी