काठमाडौँ, २ कात्तिक ।
उपसभामुख गङ्गाप्रसाद यादवले शान्तिलाई स्थायित्व प्रदान गर्न तथा राष्ट्रियताको भावनालाई जागृत तुल्याउने काममा सहयोग पु¥याउन सबैसँग आह्वान गर्नुभएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा आज पदबहाली गर्दै उहाँले पहाड र मधेसबीच बढेको दूरीलाई वार्ताको माध्यमद्वारा सुल्झाउँदै शान्तिलाई स्थायित्व दिने र राष्ट्रियताको भावना जागृत गर्ने काममा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
सबैलाई विश्वासमा लिएर निष्पक्ष रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपसभामुख यादवले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सांसदलाई विश्वासमा लिएर संसद्लाई सुचारु रुपले सञ्चालन गर्ने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline