रक्सौल बाहेक अन्य नाकाबाट निर्यात बढाउने भारतीय प्रधानमन्त्रीको आश्वासन

रक्सौल बाहेक अन्य नाकाबाट निर्यात बढाउने भारतीय प्रधानमन्त्रीको आश्वासन

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कात्तिक २, काठमाडौं ।

भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीका बिषयमा बिषयमा परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच छलफल भएको छ ।

भारतीय प्रधानमन्त्रीको निवासमा भएको छलफलमा मोदीले सहज भएको नाकाबाट निर्यात बढाउने आश्वासन दिनुभएको छ । तर वार्तामा रक्सौल नाका सुचारु गर्ने बिषयमा कुनै छलफल नभएको जनाइएको छ ।

मोदीले अरु राजनीतिक समस्या समाधान नगरी सम्वन्धको सबै आयाम फराकिलो हुन नसक्ने जवाफ दिएको भेटमा संलग्न एक अधिकारीले बताए । जवाफमा मन्त्री थापाले आन्तरिक समस्या मिलाउनका लागि सरकारले संवाद र समझदारी अघि बढाएको बताउनुभएको थियो ।

शनिबार भारतको नयादिल्ली जानुभएका परराष्ट मन्त्री थापाले हिजो भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिहं लगाएतसंग भेटवार्ता गर्नुभएको थियो । थापा अपराह्न स्वदेश कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी