काठमाडों, २ कार्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै मुलुकले निकास पाउने बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य संघको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका उद्योगी व्यवसायीहरुसँग भेट गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा देखिएको असहज स्थितीलाई जतिसक्दो चाँडो सहज बनाइने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले भारतको अघोषित नाकाबन्दीका कारण नेपाली जनतालाई परेको असरबारेमा आफू जानकार रहेको भन्दै कुटनीतिकरुपमा समस्या समाधानको प्रयास भइरहेको जानकारी दिनुभयो ।
नीजि क्षेत्रले लामो आन्दोलन, बन्द र हड्तालका कारण उद्योग व्यवसाय बन्द हुँदै गएको र यसले नकारात्मक असर पार्ने भएकाले चाँडो निकास नखोजे सबै उद्योग बन्द हुने जानकारी गराएका छन ।
उद्योगी व्यवसायीहरुले यसअघि पनि पटक–पटक सरकारको ध्यानाकर्षण गराउदाँसमेत आफूृहरुका मागप्रति बेवास्ता गरिएको भन्दै दुःख व्यक्त गरेका थिए ।