गृहमन्त्री बस्नेतद्वारा पदबहाली, मातहत अधिकारीलाई निर्देशन

गृहमन्त्री बस्नेतद्वारा पदबहाली, मातहत अधिकारीलाई निर्देशन

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १ कात्तिक ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको शान्तिसुरक्षाको प्रभावकारी बन्दोबस्त गर्न र जनतालाई सुशासनको अनुभूति दिन कुनै पनि कसर बाँकि नराख्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज आफ्नो पदबहाली गर्दै उहाँले जनताले प्रत्यक्ष रुपमा अनुभव गर्ने गरी शान्तिसुरक्षाको प्रबन्ध गर्न र जनताको भावना तथा चाहनालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

गृह प्रशासनसँग जनताको सम्बन्ध नङ र मासुको जस्तो हुने भएकाले त्यसलाई ख्याल गर्न र पारदर्शी ढङ्गले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी प्रशासन जनताको सेवक भएकाले सोही अनुसार अगाडि बढ्न र जनअपेक्षालाई सम्मान गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

गृहसचिव सूर्य सिल्वालले गृह मन्त्रालयको काम कारबाहीका बारेमा मन्त्री बस्नेतलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा गृह मन्त्रालयका उच्चअधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत अधिकारीको उपस्थिति थियो ।

जाजरकोटको खलङ्गा कालेगाँउमा २०२८ साल वैशाख १ गते जन्मनुभएका गृहमन्त्री बस्नेत संविधानसभाको दोस्रो निर्वाचनमा जाजरकोट क्षेत्र नं १ बाट निर्वा्चित हुनुभएको थियो । माओवादीले सञ्चालन गरेको दशवर्षे सशस्त्र युद्धमा प्रत्यक्ष रुपमा सहभागी हुनुभएका उहाँ हाल एमाओवादीका स्थायी समिति सदस्य हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी