काठमाडौंँका फुटपाथ पसल पुनः सञ्चालन गर्न नदिइने

काठमाडौंँका फुटपाथ पसल पुनः सञ्चालन गर्न नदिइने

  • आइतवार, कार्तिक १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, १ कात्तिक ।

काठमाडौँ महानगरपालिकाले सार्क सम्मेलनको समयमा हटाइएकोे फुटपाथ पसल पुनः सञ्चालनमा आउन नसक्ने बताएको छ ।

सडक छेउमा राखिएको सबै पसल नियम विपरीत रहेकाले हटाइएको भन्दै महानगरपालिकाले अब त्यस्ता पसल पुनः सञ्चालन गर्न नदिइने जनाएको छ ।

हटाइएका स्थानमा पसल राख्न पुनः प्रयास भएमा कारबाही गरिने र विस्थापित भएकाका लागि सरकारले कुनै किसिमको व्यवस्थासमेत नगर्ने पनि महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताउनुभयो ।

महानगरपालिकाको सर्वेक्षणअनुसार महानगरभित्र झन्डै पाँच हजार फुटपाथ पसल छन् । गत मङ्सिरमा भएको सार्क सम्मेलनका समयमा पुरानो बसपार्कका ४७ सहित चाबहिल, गोगङ्बु, कोटेश्वर, गौशाला, वनस्थली, बानेश्वर, सुकेधारा, कालीमाटीलगायतका करिब ५०० पसल टहरा हटाइएको थियो ।

गरिबी, बेरोजगारी र सहरप्रति आकर्षणका कारण महानगरपालिकाभित्र फुटपाथ पसल थपिने क्रम जारी छ । महानगरपालिकाले फुटपाथमा पसल राख्नेबाट वार्षिक करिब रु ४० लाखसम्म आम्दानी गरेपनि त्यस्ता पसलले नागरिकको दैनिक जीवनमा भने असर पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी