सामान अभावसँगै सिन्धुलीमाढीमा कालोबजारी र महंगी बढ्यो

सामान अभावसँगै सिन्धुलीमाढीमा कालोबजारी र महंगी बढ्यो

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २९ असोज ।

पेट्रोलियम पदार्थको अभावमा दसैंका लागि आवश्यक उपभोग्य सामानको आयात हुन नसक्दा सिन्धुलीमाढीमा उपभोग्य सामाग्रीको अभाव बजारमा कालोबजारी र महंगी बढेको छ ।

उपभोग्य सामानको आयात र ढुवानीमा समस्या देखाउँदै खुलेआम कालोबजारी गर्दासमेत स्थानीय प्रशासन मौन बसेकोले महँगो मूल्य तिरेर सामान किन्नु परेको स्थानीय व्यापारीहरुको गुनासो छ ।

सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाडीका व्यापारीले चामल, च्युरा, खाने तेल, मसला लत्ताकपडालगायतका सामाग्रीमा आफूखुसी १० देखि २५ प्रतिशतसम्म मूल्य बृद्धि गरेका व्यापारीहरुले बताएका छन ।

पेट्रोलियम पदार्थको अभावमा सिन्धुलीका ग्रामिण क्षेत्रमा सञ्चालित सार्वजनिक यातायातका साधन बन्द हुँदा सामान खरिद गर्न बजारसम्म पुग्न नसकेको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी