सभामुख र उपसभामुखका लागि आज मतदान हुदै

सभामुख र उपसभामुखका लागि आज मतदान हुदै

  • शुक्रबार, अशोज २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २९ असोज ।  व्यवस्थापिका संसदको सभामुख र उपसभामुख पदका लागि आज मतदान हुदैछ ।

तोकिएको समयसीमा भित्र सहमतिका आधारमा दलहरुले सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज बहुमतीय प्रक्रियाबाट छन्न लागेको हो ।

उम्मेदवारको मनोनयन दर्ताका लागि आज बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयसीमा निर्धारण गरेको छ । यस्तै सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुने संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धन दलहरुबिच एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख दिने सहमति भएको छ । एकीकृत नेकपा माओवादीका तर्फबाट ओनसरी घर्तीलाई सभामुख तथा राप्रपा नेपालका तर्फबाट कुन्ती शाहीलाई उपसभामुखमा उठाउने सहमति भएको छ ।

प्रधानमन्त्रीको पदमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिने जनाएको छ । उद्यपी पर्टीका तर्फबाट उठाउने उम्मेदवारको नाम भने तय भइनसकेको सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी