नेपाली पत्रकारितामा महिला पत्रकारको उपस्थिति अत्यन्त न्युन छ । नेपालमा २००८ साल पश्चात मात्र पत्रकारिता क्षेत्रमा महिला पत्रकारिताले पर्दार्पण गरेपनि ६४ वर्ष को अन्तरालमा नेपाली पत्रकारितामा महिला पत्रकारको जमातलाई हुर्कने र मौलाउने वातावरणको विकास हुन सकेको छैन । फेरी पनि ढुंगाको काप बाट पिपल उम्रिन्छ भने झैं पत्रकार निर्मला तुलाधर आचार्य आज सवै महिला जगत तथा महिला पत्रकारको लागि प्रेरणा र उदाहरण बन्नु भएको छ । हालै मात्र राष्ट्रिय समाचार समिति (रासस) मा महाप्रबन्धक पदमा नेपाल सरकार बाट नियुक्त हुनु भएकी श्री तुलाधर (आचार्य) को पत्रकारिता जीवनको शुरुवाट २०४६ साल मा साप्ताहिक विर्मस बाट प्रारम्भ भएको हो । इतिहास विषयमा एम ए गरेकी तुलाधर (आचार्य) वीरगंज पर्साका निवासी हुन् । शुरुवाती दिनमा साप्ताहिक विर्मर्श हदै राष्ट्रि«य समाचार समितिमा संवाददाताका रुपमा जागिरे भएका श्री तुलाधर (आचार्य) को सोही संस्थामा प्रमुख समाचार दाता, नायब महा प्रबन्धक बाट क्रमशः पदोन्नती हुंदै महाप्रबन्धक को पदमा आई पुग्दा सम्मको संघर्ष र कथा बेग्लै छ । यसै सन्दर्भमा पत्रकार मीरा राजभण्डारी अमात्यले महाप्रवन्धक निर्मला तुलाधर (आचार्य ) स‘ग उनको पत्रकारीताको यात्रा र अनुभवका बारेमा केन्द्रीत भएर गरेको कुराकानीः
पत्रकारीतामा तपाई कसरी प्रवेश गर्नु भयो ?
मेरो पत्रकारितामा प्रवेशको कथा अलि फरक छ । जुन सम्झिदा अहिले मलाई रोमाञ्चक अनुभुति हुन्छ । वीरगंजको ठाकुर राम बहुमुखि क्याम्पस बाट एम. ए. सके पछि म शिक्षण पेशामा लॉगे । त्यो बेला तरुण बयस्क जो काहीमा पनि उपन्यास पढने लहर चलेको थियो । म पनि फुर्सदको समयमा उपन्यास पढने गर्थे । मैले उपन्यासको नाम त बिर्से तर सुरेन्द्र मोहन पाठकको उपन्यास थियो त्यो । जसको एउटा पात्र सुनिल जो पेशाले पत्रकार थियो मलाई निकै मन प¥यो र उसको काम र प्रस्तुतीले म भित्र पनि पत्रकार बन्ने चाहना बढ्न थाल्यो । उ बेला छोरी मान्छे एक्लै काठमाडौ आएर संघर्ष गर्ने कल्पना पनि गर्न नसक्ने सामाजिक बातावरण थियो । तर जाहां इच्छा त्यहा उपाए भने झैं मेरो एक साथी विजया गिरी जो पेशाले रंगकर्मी हुन ुहुन्थ्यो उहांको दाजूु विजय गिरीले मेरो पत्रकारिता प्रतिको रुची बुझेर साप्ताहिक विर्मस कै एउटा सिने म्यगजीन रुप रंगमा काम गर्ने वातावरण बनाई दिनु भो भने घर बाट पनि मलाई खुशी साथ काठमाडौ आउने अनुमति मिल्यो । काठमाडौमा तत्काल वस्नका लागि तत्कालीन फुटबल खेलाडी हरु मीरा चौधरी (हाल प्रहरी उपरिक्षक), कीरण शाक्य तथा कीरण बज्राचार्य हरुस‘ग एउटा होटलको कोठा मा बस्ने व्यवस्था भयो र मैले विर्मसमा जागिरेको रुपमा पत्रकारिता शुरु गरें ।
त्यस बेलाको पत्रकारिता र अहिलेको पत्रकारितामा के फरक देख्नु हुन्छ ?
पत्रकारितामा मेरो पर्दापण २०४६ सालमा भएको हो । त्यसवेला पनि पत्रकारिता गर्न गा¥है थियो । पञ्चायती शासनकाल त्यस माथि पनि प्रजातन्त्र पुर्न बहालीका लागि आन्दोलन भई रहेको अवस्था । राजैतिक हिसावले निकै संवेदनशिल अवस्था थियो त्यो । मैले चन्द्र शेखरको भाषण मा रिपोर्टिग गर्न जाने क्रममा विर्मसका सहकर्मी साथीहरु चिन्तित थिए । नेपाल सैनिकको सादा र पोषाकमा छयाप छयाप्ति उपस्थिति थियो । कुनै पनि बेला केही पनि हुन सक्थ्यो ।
पत्रकारितामा महिला हरु किन आउनु पर्छ ?
पहिलो कुरा त यो पेशाबाट अन्य पेशाको तुलनामा आत्म संन्तुष्टी र आत्म सम्मान बढी प्राप्त हुन्छ । अर्को कुरा महिलाका मुद्धा र हक अधिकारलाई संबोधन गर्न महिला जति संबेदनशिल हुन्छन् तुलनात्मक रुपमा पुरुष को संबेदनशिलता अत्यन्त कम हुने गर्छ । समस्त महिलाको आवाजलाई बुलन्द गर्नैका लागि पनि महिला हरु यस क्षेत्रमा बढी भन्दा बढी प्रवेश गर्नु आवश्यक छ ।
२०४६ सालमा विर्मस बाट शुरु भएको तपाईको पत्रकारिता जीवन अहिले राससको महा प्रबन्धक सम्म आई पुगेको छ । ४० देखि ७१ सम्मको यो फडको बीचको यो उपलब्धिलाई कसरी लिनु भएको छ ?
पत्रकारितामा महिलाको उपस्थिति न्युन हुदाको समयमा मैले पत्रकारिता शुरु गरेको हु‘ । त्यस बेला महिला पत्रकार हरुमा म र कामना मासिक बाट शशीकला मानन्धर मात्र हुनु हुन्थ्यो । शुरुका दिन निकै संघर्षपूर्ण थिए । काठमाडौको व्यस्त जिवन भित्र पनि म घर परिवारलाई निकै मीस गरी रहन्थे । तलब पायो कि बिरगञ्ज भागी हाल्थें । राससमा संवाददाताको रुपमा प्रवेस गरें । त्यसपछि आर्थिक रुपले अलिकता सहज भयो तर महिला पत्रकारले पुरुष पत्रकार संगको प्रतिस्पर्धामा काम गर्नु त्यति सजिलो त थिएन तर राससका सहकर्मी साथीहरुको पुर्ण सहयोग रह्यो । त्यसबेला गरेको मेरो काम र जिम्मेवारी प्रतिको सर्मपन संघर्ष तथा मेरा सहकर्मी साथि हरुको सहयोगल लगायत मेरो श्रीमानकोे नै आज म यस पदमा पुग्न सफल भएं । महिलाहरुले ले यदी मेहनत र लगनका साथ काम गरेमा आफुले चाहेको क्षेत्रमा सफल हुन सक्छन् भन्ने लागेको छ । मेरो उपलब्धिलाई मैले संम्पुर्ण महिला पत्रकारको उपलब्धिको रुपमा लिएको छु ।
एउटा आम महिला र महिला पत्रकारले भोग्नु पर्ने चुनौतीमा के फरक छ ?
वास्तवमा महिलाको जीवननै हरेक दृष्टिले चुनौतीपुर्ण छ । फेरी पनि आम महिलाको दायरा घर परिवार समाज र आफनो पेशा प्रति मात्र जिम्मेवार हुनु पर्ने हुन्छ तर पत्रकारिता स्वभावैले जाखिमपुर्ण भएकोले महिलाले ती सवै चुनौती लगायत विभिन्न जोखिम तथा सुरक्षा लगायतका जोखिम मोल्नु पर्ने हुन्छ । उदाहरुणका लागि पत्रकार उमा सिंहको हत्या लाई लिन सकिन्छ ।
तपाई आपनो सफलतामा परिवारको योगदान लाई कसरी विश्लेषर्ण गर्नु हुन्छ ?
साथै हरेक महिलाको सफलतामा सर्व प्रथम बिहे अगाडी बुबा दाज्यु भाईको, बिहे पश्चात श्रीमानको र कार्यालयमा बोस तथा सहकर्मी साथिहरुको पुर्ण सहयोग र समर्पणको आवश्यकता पर्दछ । त्यस मामिलामा म निकै भाग्यमानि छुं जस्तो लाग्छ । परिवारको कान्छी छोरी म त्यसबेला छोरी चेलीको चाडै बिहे गर्ने जमानामा पनि मलाई स्नातकोत्तर सम्म पढ्न र पत्रकारितामा प्रवेश गर्ने मेरो अभिलासालाई मुर्त रुप दिन प्रेरणा दिने मेरो बाबा र बिहे पछि पनि मेरो चाहनालाई निरन्तरता दिन सहयोग र साथ दिने मेरो श्रीमान र उहांको परिवारको सदभाव र सौहार्दता नै मेरो सफलताको कारण हो जस्तो लाग्छ ।
पत्रकारितामा महिला पत्रकारको उपस्थिति पुरुषको तुलनामा अत्यन्त न्युन छ । त्यसमाथि पनि जातिय हिसावले नेवार लगायत अन्य जनजाति महिलाको उपस्थिति अत्यन्त न्युन छ, यसको कारण के होला ?
यसको कारण एक त हाम्रो समाजिक संस्कार र संरचना हो । नेवारी समाज बन्द समाज हो । अर्को तर्फ यस क्षेत्रको महत्वलाई बुझने वातावरण अझै बन्न सकेको छैन । शैक्षिक कारण पनि छन् । फेरी राज्य संग पनि यो समुदायका महिलालाई लाई बढोत्तरी गर्ने खासै नीति पनि अझै बन्न सकेको छैन ।
राससमा कस्तो छ महिलाको पत्रकारको अवस्था ?
विगतको तुलनमा राससमा राम्रो छ महिला पत्रकारको उपस्थिति । मैले अवको दरबन्दीमा महिला र पुरुष पत्रकारको सहभागिता ५० प्रतिसत अर्थात बराबर हुनु पर्छ भनेर प्रस्ताव राख्ने गरेकी छु ।
तपाईले चीन लगायत ७ देशमा पुग्ने मौका पाउनु भयो । ती भ्रमणका उपलब्धि के रह्यो ?
ती अधिकांस भ्रमण तालिम केन्द्रीत थिए । केही भ्रमणमा महिला अधिकार र नेतृत्व संग संवन्धित थिए । आफनो वृत्ति विकासमा मेरा ती भ्रमण र तालिमले राम्रो सहयोग ग-यो ।
तपाई विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थामा आवद्ध हुनु हुन्छ । ती संस्थामा तपाईको भुमिका कस्तो रह्यो ?
विशेष गरी संबन्धित संस्थाको बढोत्तरी गर्न र महिला वर्गको सहभागितालाई बढाउने प्रयत्न रह्यो ।
तपाईं विभिन्न संघसंस्था बाट सम्मानित हुनु भयो । कस्तो लागि रहेछ यसरी सम्मानित हुंदा ?
निकै गर्व र खुसी महशुह भएको छ र सम्मानका लागि म निकै आभारी छु । मेहनत गर्नु पर्दो रैछ ढिलो चांडो त्यसको कदर हुंदो रैछ ।
महिला विकासका लागि आरक्षणको कत्तिको महत्व रहन्छ ?
आरक्षण पनि चाहिन्छ तर त्यो कति समय अन्तरालका लागि हो त्यो निक्र्याृल हुन आवश्यक छ । सर्व प्रथम त महिला आफै सक्षम हुन तिर जोड दिन आवश्यक छ । आफनो शिक्षा र वृत्ति विकासका लागि धैर्य र निरन्तरतालाई प्राथमिकतामा राख्न आवश्यक छ ।
अहिले संचारमा समावेशीका सवाल हरु उठी रहेका छन् । राससको न्युज रुम कत्तिको समावेसी छ ? उपस्तितिको हिसावमा, न्युज कन्टेण्टको हिसावमा र क्षेत्रगत हिसावमा ।हाम्रो स्टाफको हिसावमा न्युज रुममा समावेसी उपस्थिति छ । कन्टेण्टको हिसावले पनि बीट अनुसार हरेकक वर्ग र समुदाय विशेषको समाचार लाई प्राथमिकतामा राख्ने गरेका छौ । क्षेत्रगत हिसावले पनि समावेसी छ । ७५ वटै जिल्लामा हाम्रा संवाददाता हरुले सवै समुदायको समाचारलाई संप्रेशन गर्ने गरेको छ ।
मल्ल के सुन्दर राससको महाप्रबन्धक हुंदा अन्य भाषमा पनि बुलेटिन निकाल्ने पहल भएको थियो । अहिले सो विषयमा के भई रहेको छ ?
हो, त्यसवेला मैथिली भाषा र नेवारी भाषामा बुलेटिन निकाल्ने सोच राखेको थियो । तर राससको निस्चित बजेटका कारण त्यो संभव भएन । हाल पनि त्यसका लागि सोच्न सकिएको छैन । नेपाल सरकारको ठोस नीति पनि छैन तर अव संघीय राज्य को स्थापना पछि राससले यस विषयमा केही गर्ला आशा गरौं ।
अहिले देश निकै संकटको अवस्थामा छ । आफना अधिकारका लागि संघर्षरत पक्ष र राज्यको लागि तपाईको सुझाव के छ ?
वास्तवमा अहिले हामी नेपाली हौं भन्न नसक्ने अवस्थामा पुगी रहेछौ । हामी केका लागि आपसमा लडी रहेछौं भन्ने प्रश्नको अन्यौल तब सम्म रही रहन्छ जव सम्म हामी नेपाली नभएर होईन बाहुन क्षेत्री मधेसी जनजाति र दलित वा अमुक समुदायको प्रतिनिधी बनेर सोची रहन्छौ । राष्ट्र रहे हामी र हाम्रो सार्वभौम रहन्छ । तसर्थ राष्ट्र जोगाउन तीर लागौं मेरो अनुरोध दुवै पक्षलाई छ ।
राष्ट्र पुर्ननिमार्ण र जातिय सदभावलाई बिचलन गराउन ती त्यसता प्रस्तुतीले के कस्तो प्रभाव पार्दछ ?
वास्तवमा पत्रकारिता निकै संवेदनशील पेशा हो । मिडिया संधै सर्तक सवेंदनशील र मर्यादित हुनु पर्छ । पत्रकारिताको आचार संहिताले पनि त्यस्ता प्रस्तुतीमा बन्देज लगाएको छ । अर्को तर्फ ब्रेकिन्ग न्युज पस्किने हतारमा पनि त्यस्ता गलत समाचार आउने गरेका छन् । जसको लागि कडा नियमन हुन जरुरी छ । किनकी हाम्रो सानो गल्ती र गैर जिम्मेवारीका कारण हजारौं नागरीक जोखिममा पर्न सक्छन् । जसले आम नागरीकको शुरक्षा मात्र होइन नागरीक नागरीक बीच बैमनश्यता र राष्ट्रि«यताको सवालमा समेत बिखण्डनकारी भुमिका खेल्ने संभावना रहन्छ ।
अन्त्यमा महिला वर्ग र महिला पत्रकारको लागि तपाईको के सुझाव छ ?
महिलाहरु परिवार र समाज प्रति बढी जिम्मेवार हुनु पर्छ । तर्सथ बिहानको तातो चिया र बेलुकाको चिसो चियासंगैको पत्रकारिता भन्दा परै बस्नु पर्ने हुन्छ । फेरी पनि आफनो जिम्मेवारी र कर्तव्य संगै आफनो लागि पनि केही गर्नु आवश्यक छ । जसको लागि परिवार संगको समझदारी, समयको पाबन्दी , धैर्य लगन र ईच्छा शक्तिलाई निरन्तरता दिनोस । जीवनमा आफुले चाहेको क्षेत्रमा सफलता प्राप्त गर्न सक्नु हुन्छ ।