दलहरुले चाहेमा जिम्मेवारी बोक्न तयार छु : राष्ट्रपति यादव

दलहरुले चाहेमा जिम्मेवारी बोक्न तयार छु : राष्ट्रपति यादव

  • बिहिबार, अशोज २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, असोज २८ ।

राष्ट्रपति डा. रामवरण यादवले दलहरुले निर्णय गरे आफू जस्तोसुकै जिम्मेवारी बहन गर्न तयार रहेको बताउनु भएको छ ।

भारतीय पत्रिका ‘द हिन्दू’लाई अन्तर्वार्ता दिदै राष्ट्रपति डा. यादवले राजनीतिक दलहरुले चाहेमा आफू फेरि राष्ट्रपति हुन तयार रहेको बताउनु भउको हो ।

लामो मौनता तोड्दै यादवले फेरि राष्ट्रपति हुने इच्छा देखाउनु भएको छ ।

राष्ट्रपति यादवले अबको राष्ट्रपति मधेसी समुदायकै व्यक्ति हुनु राम्रो हुने सुझाव पनि दिनुभएको छ ।

नेपालमा प्रतिनिधिमूलक सरकार चाहिने भन्दै उनले देश र राजनीतिक दलहरुले माग गरे भने राष्ट्रपतिका रुपमा फेरि देशको सेवा गर्न तयार रहेको बताउनु भयो ।

मधेसको समस्या कार्पेटमुनि राखेर समाधान गर्न नसकिने पनि राष्ट्रपति डा. यादवको भनाइ छ ।

संसदले दशैंलगत्तै नयाँ राष्ट्रपतिको चुनाव गर्ने तयारी गरिरहँदा राष्ट्रपति यादवले आफनो धारणा सार्वजनिक गर्नुभएको हो ।

यद्यपि, सरकारको नेतृत्वकर्ता दल एमाले स्वयंले राष्ट्रपति आफनो दलबाट बनाउने तयारी गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी