यसपटक दसैंमा सुपथ पसल सन्चालन नहुने

यसपटक दसैंमा सुपथ पसल सन्चालन नहुने

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २६ असोज ।

प्रत्येक वर्ष चाड पर्वलाई लक्षित गर्दै सन्चालन हुदै आएको सुपथ मुल्य पसल यो वर्ष सन्चालन नहुने भएको छ ।

दैनिक उपभोग्य वस्तुको मुल्यवृद्धि नियन्त्रण गर्न विगत पाँच वर्षदेखि सरकारले दसैं बजारका नाममा सुपथ पसल सन्चालन गर्दै आएको थियो ।

इन्धन अभावका कारण ढुवानीमा समस्या भएको भन्दै सरकारले उपभोक्ता लक्षित कार्यक्रम कार्यान्वयन नगर्ने मानसिकता बनाएको हो ।

हालसम्म पनि सुपथ पसल सन्चालन गर्नेबारे कुनै निर्णय नभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताउनुभयो ।

सुपथ पसलमा संस्थानहरुले चामल, नुन, चिनी, गेडागुडी दुग्धजन्य पदार्थमा छुट दिएर उपभोक्तालाई बिक्री गर्दै आएका छन् ।

यसैविच झापाको दमकमा खुद्रा पैसाको अभाव देखिएको छ । दशै नजिकिदै जाँदा बजारमा खुद्रा पैसाको अभाव भएको हो ।

खुद्रा पैसा घरमा राखेर ग्राहक तथा उपभोक्ताले पाँच सय र हजारका नोट लिटर आउने गरेको व्यापारीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी