निजी सवारी साधनलाई आजदेखि ईन्धन

निजी सवारी साधनलाई आजदेखि ईन्धन

  • मङ्लबार, अशोज २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २६ असोज ।
नेपाल आयल निगमले उपत्यकामा आज एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल डिजेल वितरण गर्ने तयारी गरेको छ ।

उपत्यकामा रहेका बरिब १२५ पम्पले आज दिउँसो १२ बजेबाट  निजी सावारी साधनमध्ये मोटरसाईकललाई ५ लिटर र चार पाङग्रे कार , जीप , भ्यान लगायतलाई १५ लिटरका दरले ईन्धन उपलबध गराउन लागिएको हो ।

दशैँमा सवारी साधन चलाउन सजिलो हुने गरी अर्को नहुजेलसम्म निजी सवारीसाधनलाई आज मात्रै ईन्धन उपलब्ध गराईने व्यस्था मिलाईएको बाणिज्य तथा आपुर्ति मन्त्रि शिबप्रसाद त्रिपाठिले जानकारी दिनुभयो ।

केही दिन यता भारतबाट पेट्रोलियम  पदार्थको आपुर्तिका सम्बन्धमा उहाँले नेपालको भन्सार नाकासम्म पेट्रोलियम पदार्थ सहज रुपमा नआएसम्म आपुर्ति सामान्य हुँदै गएको भन्न नमिल्ने उहाँले बताउनुभयो ।

उपभोक्ताले सवारीसाधनको बिलबुक साथमै लिएर  ईन्धन भर्नु पर्ने उहाँले बताउनुभयो । उपत्यकाको सामान्य अवस्थामा दैनिक ३ लाख ५० हजार लिटर पट्रोल र ४ लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी