काठमाण्डौ,२५ असोज ।
दशैंलाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकामा भोलि निजी सवारीलाई पनि एक दिनका लागि डिजेल र पेट्रोल वितरण गर्दैछ ।
भारतको नाकाबन्दीका कारण इन्धन अभाव भएपछि केही दिनदेखि निगमले कोटा प्रणाली अनुसार सार्वजनिक, सरकारी र अत्यावश्यक सेवाका सवारीलाई केही पम्पहरुबाट मात्रै तेल दिँदै आएको थियो ।
दशैंमा घर जाने यात्रुहरुलाई लक्षित गरी आयल निगमले भोली काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पहरुबाट दिउसो १ बजेबाट तेल वितरण गर्ने तयारी भएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।
निगमले निजी मोटरसाइकललाई ५ लिटर मात्रै पेट्रोल दिने जनाएको छ । यस्तै चारपांग्रे कार, जिप(भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको बरालले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline