भारतीयद्धारा नेपाली भूमि अतिक्रमण जारी

भारतीयद्धारा नेपाली भूमि अतिक्रमण जारी

  • सोमवार, अशोज २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सुनसरी, असोज २५ ।

भारतले नेपालमाथि निरन्तर दवाव दिईरहेको सन्दर्भमा पछिल्लो समय फेरी भूमि अतिक्रमण शुरु गरेको छ । सुनसरीमा अतिक्रमित भूमिमा भारतीयहरुले बस्ती नै बसाएका छन् । यस बारे सरकारले कुनै प्रतिकृया दिएको छैन ।
भारतले सुनसरीको सिमावर्ती गाविसको नेपाली भुमि र दशगजा क्षेत्रमा व्यापक अतिक्रमण गरी बस्ती बसाएको छ ।

सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी भारतले नेपाली भुमि र दशगजा क्षेत्र अतिक्रमण गरी बस्ती बनाउदा समेत नेपाल सरकार रमिते बनेको छ ।

सुनसरीका एक दर्जन गाविसकोहजारौ विघा जमिन भारतले अतिक्रमण गरि बस्ती बसाउँदा समेत नेपाल सरकारले उक्त बस्ती हटाउन कुनै चासो नदेखाएको स्थानिय वासिन्दाको गुनासो छ ।

भारतको विहार राज्य अन्र्तगत रहेको हररिया र सुपौल जिल्ला र नेपाल तर्फको सुनसरी जिल्लाको सिमावर्ती गाविसमा भारतले नेपाली भुमी अतिक्रमण गरी बस्ती बसाएको  हो ।

भारतसंग सिमाना जोडिएको सुनसरीको हरीपुर, श्रीपुर लौकही, नरसिंह, बसन्तपुर, घुस्की, देवानगञ्ज, कप्तानगञ्ज, साहेबगञ्ज, र अमडुवा गाविसको हजारौ विघा जमिन भारतले अतिक्रमण गरी बस्ती बसाएको छ ।

यस क्षेत्रको दजगजा क्षेत्रमा पनि भारतले अतिक्रमण गरी बस्ती बसाइ खेतीपाती समेत गर्ने गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी