धरान ,२३ असोज ।
धरान स्काई एडभेन्चर एण्ड प्याराग्लाइडिङ हर्ष राइडिङले शनिवारबाट भेडेटारको छोटी मोरङबाट ब्यवसायिक उडान सुरु गरेको छ ।
व्यवसायिक उडान सुरु गर्ने तयारी गरेको धरान स्काई एडभेन्चर तथा प्याराग्लाइडिङ हर्ष राइडिङले पत्रकारहरु सहितको नमुना उडानहरु भरेका थिए ।
राइडिङले आजबाट बिधिबत रुपमा उदघाटन गरि दैनिक ६ वटा प्याराग्याइडरले १८ वटा उडान भर्ने लक्ष्य राखेको छ ।
सुरुवातमा भने पेसेन्जरहरुको मागलाई ध्यानमा राखेर उडान गर्ने तयारीमा रहेको राईडिङ्गका डाइरेक्टर रोशन अधिकारीले बताउनुभयो ।
उहाका अनुसार दैनिक १८ वटा उडान भर्न सक्ने भए पनि सुरुमै त्यो उडान हुन नसक्ने बताउनुभयो ।
धरान–२० भेडेटारको छोटी मोरङबाट सुरु गर्ने प्याराग्लाइडिङ धरान–१६ को नौलो बस्तीमा ल्याडिङ गरिने तयारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
