धरान, २१ असोज ।
बराह डिर्पाटमेन्ट स्टोर अन्र्तगत बराह ग्रोसरी हाउसको हिजो धरानमा उद्घाटन गरिएको छ ।
ग्राहकलाई मध्यनजर गर्दै धरान ६, निकेतन मार्गमा बराह सपिङ कम्प्लेश भवनको पूर्व पटटी खाद्यान्न हाउसको विक्रि कक्ष सुरुवात गएिको हो ।
देशमा भइरहेको बन्द हड्ताल र नाकाबन्दीका कारण ग्राहकमा भएको असुविदालाई केही मात्रामा सहज तुल्याउन ग्रोसरी हाउस बिक्री कक्षसञ्चालन गरिएको बराह ज्वेलरी इन्ड्रष्टिज प्राली धरानका शाखा प्रमुख मान बहादुर विश्वकर्माले बताउनुभयो ।
उहाले नयाँ गोसरी हाउसमा खाद्यान्न, लत्ता कपडा, सजावटका सामान लगायत विभिन्न घरायसी सामान उपलब्ध रहेको जानकारी दिनुभयो ।
स्टोरको सुनसरी उद्योग बाडिज्य संघका अध्यक्ष सरोज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन समारोहमा पत्रकार माहासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे समाजसेवीरमेश एबम वडा नागरिक मञ्चका ६ नम्बरअध्यक्ष लगायतले मन्तब्य राखेका थिए ।