आइओसीसंग सम्बन्ध तोड्दै पेट्रोलियम पदार्थ किन्न ग्लोबल टेन्डर आहृवान

आइओसीसंग सम्बन्ध तोड्दै पेट्रोलियम पदार्थ किन्न ग्लोबल टेन्डर आहृवान

  • बिहिबार, अशोज २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ,२१ असोज ।

सरकारले भारतीय आयल कर्पोरेसन आइओसीलाई दिदै आएको पेट्रोलियम पदार्थ निर्यात एकाधिकारलाई तोड्दै पेट्रोलियम पदार्थ आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।

नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्ट रहेको भारतले असुरक्षाको कारण देखाउदै अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण मुलु्कभर पेट्रोलियम पदार्थको चरम अभाब हुन थालेपछि सरकारले बैकल्पीक ब्यबस्था गर्न लागेको हो ।

आज सार्बजनिक सुचना जारी गरी नेपाल आयल निगमले तेल निर्यातकर्तालाई आहावान गरेको निगमका प्रबक्ता दिपक बरालले जानकारी दिनुभयो । भारतले बिगत १५ दिन यता पेट्रोलियम पदार्थको आपुर्ति ठप्प पारेपछि आयल निगमले बैकल्पीक ब्यबस्था गर्न भारतमाथिको निरर्भरता तोड्ेको हो ।

देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।

हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ । टेन्डर आहावान गर्ने बिषयमा हिजो बाणिज्य तथा आपुर्ति मन्त्रालयसंग छलफल गरेको निगमले जनाएको छ ।

निगमले जारी गरेको सुचना 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी