दश ट्यांकर नेपाल भित्रिए ।

दश ट्यांकर नेपाल भित्रिए ।

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ, १९ असोज ।

पूर्वी नाका काकडभिट्टा हुदै पेट्रोलियम पदार्थका १० वटा ट्यांकर नेपाल भित्रिएका छन् ।

जलपाइगुडीको आइओसी डिपोले तेल भरेर पठाएका ट्यांकर दिनभर पानीट्यांकी भन्सारमा रोकिएपनि साँझ नेपाल प्रवेश गरेका हुन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दुत चन्द्रकुमार घिमिरे लगायतका अधिकारीको पहलमा एसएसवीले साँझ ट्यांकर छाडेको हो ।

पश्चिम बंगालको न्यूजलपाइगुडीस्थित भारतीय आयल निगमको ‘सिलिगुडी टर्मिनल डिपो’ ले आज करिव ३५ ट्यांकरमा तेल भरिदिएको भारतीय आयल निगम स्रोतले जनाएको छ । वाँकी ट्यांकर पनि आजै रातीसम्म भित्रिने नेपाल आयल निगमले जनाएको छ ।

अनुसार आज ७३ वटा मालवहाक ट्रक तथा कन्टेनरहरु नेपाल भित्रिएको मेची भन्सार प्रमुख भीम अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी