नाकाबन्दीको समाधान खोज्न सरकारलाई निजी क्षेत्रको आग्रह

नाकाबन्दीको समाधान खोज्न सरकारलाई निजी क्षेत्रको आग्रह

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, १९ असोज ।

निरन्तरको बन्द र भारतले गरेको अघोषित नाकाबन्दी कारण मुलुकको अर्थतन्त्र र दैनिक जीवन चौपट भएको भन्दै निजी क्षेत्रले शीघ्र समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

निजी क्षेत्रको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर इन्धनको आपूर्ति ठप्प हुँदा जारी नाकाबन्दी र बन्द अरु केहीदिन लम्बिएमा त्यसबाट मुलुकभित्र भयावह स्थिति सिर्जना हुने निजी क्षेत्रको निष्कर्षसहित समाधानको बाटो खोज्न अनुरोध गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नाकाबन्दीबाट नेपाल र भारतलाई घाटा हुने भएकाले त्यसको चाँडो समाधान हुनुपर्ने बताउनुभएको नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

सरकारले समस्याको समाधान गर्न कूटनीतिक एवम् राजनीतिक रुपमा पहल गरेकाले छिट्टै समस्याको समाधान हुने प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष क्रमशः अध्यक्ष पशुपति मुरारका, नरेन्द्र बस्न्यात र श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कोइरालासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै महासङ्का अध्यक्ष मुरारकाले भन्नुभयो, “इन्धनको अभावबाट सिङ्गो मुलुकनै आक्रान्त भएको छ, सम्पूर्ण क्षेत्र ठप्प छ ।”

अध्यक्ष मुरारकाले मुलुकभित्र संविधानको घोषणासँगै, शान्ति बहाली भई आम जनताको जीउधनको सुरक्षा, कार्यक्षेत्रको रक्षा एवम् उद्योग व्यवसायको निर्वाध सञ्चालनमा सुनिश्चितताको प्रत्याभूति हुने विश्वास निजी क्षेत्रलगायत आम जनताले गरेतापनि त्यसो हुन नसकेको गुनासो गर्नुभयो ।

ज्ञापनपत्रमा संविधानसभाबाट पहिलो पटक जनताका जनप्रतिनिधिमार्फत लेखिएको नयाँ संविधानमा बिमती राखेका तराई केन्द्रित राजनीतिक दलहरुबाट आह्वान गरिएको आन्दोलन लगभग दुई महिनादेखि जारी रहेको र आन्दोलनका कारण सबै प्रमुख भन्सार नाका ठप्प पार्नेसम्मको गतिविधि भएको उल्लेख गर्दै हजारौँको सङ्ख्यामा मालबाहक गाडी भारततिर रोकिन जाँदा खर्बाैँको नोक्सानी व्यहोर्न निजी क्षेत्र बाध्य छ ।

मुलकनै गम्भीर दुर्घटनातर्फ उन्मुख भएको परिस्थितिमा सरकार र आन्दोलनकारी दलमा देखिएको संवेदनहीनता प्रति निजी क्षेत्र चिन्तित एवम् मर्माहित भएको र एक साताभित्रै नेपालीको महान चाड वडादसंै र लगत्तै तिहार तथा छठ पर्व आउँदै गरेको अवस्थामा समस्याको चाडो समाधान हुनुपर्नेमा जोड दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी