एक सय ७० प्रजातिका चरा सकंटापन्न अवस्थामा

एक सय ७० प्रजातिका चरा सकंटापन्न अवस्थामा

  • मङ्लबार, अशोज १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाण्डौ,१९ असोज ।

चितवनको सौराहामा भएको चरा विज्ञको पाँचदिने राष्ट्रिय कार्यशाला गोष्ठीले नेपालमा १७० प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको निष्कर्ष निकालेको छ ।

यसअघि १४९ प्रजातिका चरा सङ्कटमा रहेको पाइएकामा अहिले थप २१ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको निष्कर्ष निकालिएको हो । वर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विँडारीले नेपालका चरामध्ये करिब २१ प्रतिशत चरा खतरामा रहेको पाइएको जानकारी दिनुभयो ।

हिमालयन नेचर, जिओलोजिकल सोसाइटी अफ लण्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा असोज १४ गतेदेखि पाँचदिने गोष्ठी सुरु भएको थियो । सन् २०१२ पछि यो पहिलो गोष्ठी भएको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो ।

एक महिनाभित्रमा सङ्कटापन्न अवस्थामा रहेका चराको विस्तृत विवरणसहितको पुस्तक तयार पार्ने गरी भेला सकिएको चरा विज्ञ राजु आचार्यले जानकारी दिनुभयो ।

गोष्ठीमा सङ्कटापन्न ६६ प्रजातिका चराको विषयमा करिब तीन हजार सन्दर्भ सामग्री सङ्कलन गरेर छलफल भएको थियो । हाल विश्वमा नौ हजार प्रजातिका चरा छन् । नेपालमा ८७५ र चितवनमा ६२९ प्रजातिका चरा रहेको तथ्याङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी