कञ्चनपुर, १८ असोज ।
कञ्चनपुरको देखतभुलीमा जङ्गली हात्तीले आधा दर्जन बढी कृषकले लगाएको धानबालीमा ठुलो नोक्सानी पु¥याएको छ ।
गएराती लालझाडी मोहना संरक्षण क्षेत्रबाट आएको जंगली हात्तीले पाक्नै थालेको धानबालीमा नोक्सानी गरेको स्थानीयवासीले बताएका छन।
तीस ३५ को संख्यामा आएको हात्तीको समुहले स्थानीयवासीकोे दुई बिघा खेतमा लगाइएको धानबाली नष्ट गरेको छ । रातभर मादल बजाएर र आगो बालेर हात्तीको समुहलाई भगाइएको स्थानिय बासीले बताएका छन ।
पाक्नै लागेको धानबारीमा हात्तीले नोक्सान पुयाउन थालेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित अवस्थामा रहेका छन् । गत वर्ष पनि देखतभुलीको वडा नं २, ४, ६ र शङ्करपुरको कञ्जमा हात्तीले ठुलो नोक्सानी पु¥याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline