काठमाण्डौ,१८ असोज।
म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको घान्द्रुक जाने पदमार्ग निर्माण गर्न सुरु गरिएको छ ।
भिरालो पहाड र जङ्गलबीचको बाटोमा घोडेपानीका बासिन्दाले ढुङ्गे सिँढी राखेर व्यवस्थित पदमार्ग बनाउन सुरु गरेका हुन ।
पहिलो चरणमा घोडेपानीदेखि छ सय मिटर टाढासम्म पदमार्ग बनाउने काम सकिएको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष जुनु पुनले जानकारी दिनुभयो ।
आगामी वर्ष पनि पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने अध्यक्ष पुनले बताउनुभयो ।
समितिको नेतृत्वमा घोडेपानीदेखि पुनहिल पुग्ने पदमार्गमा सिँढी र रेलिङ राख्ने काम ९० प्रतिशत पूरा भएको छ ।
यसअघि चित्रे र उल्लेरीतर्फबाट घोडेपानी प्रवेशद्वारदेखि गाउँसम्म पनि सिँढीसहितको पदमार्ग निर्माण गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline