काठमाडौँ, १६ असोज । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.६५ अङ्कले वृद्धि भएर बढेर अन्तिम दिन एक हजार १७८.७४ अङ्कमा पुगेको छ ।
गत साता १५५ कम्पनीको सात ८६४ कारोबारबाट रु एक अर्ब ६१ करोड ६९ लाख ९५ हजार बराबरका २५ लाख ६९ हजार नौ सय कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यो साता वाणिज्य बैंक २५.६७, विकास बैंक ११.३३, वित्त ५.९१, होटल १३.३, जलविद्युत्् २५.९५, बिमा ७.७६, उपात्दनमूलक ४.१५, व्यापार ०.९८ र अन्य समूहको परिसूचकमा ४.७ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ४.७३ अङ्कले बढेर २५५.६२ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा छ । कारोबार भएको सेयर सङ्ख्याको आधारमा ग्लोबल आइएमइ बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ ।
यस साता स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस साता निर्धन उत्थान बैंकको नौ लाख ५९ हजार ८८२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६५ लाख दुई हजार ५०० र प्रिमियर इन्स्योरेस कम्पनीको एक लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
त्यसैगरी, सनराइज बैंकको २२ लाख ३६ हजार ६५० र प्रिमियर इन्स्योरेस कम्पनीको १३ लाख ४८ हजार ९५१ कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।