काठमाण्डौ,१६ असोज ।
बैतडीका ग्रामीण क्षेत्रमा चाडपर्वको समय नजिकिँदै गर्दा खाद्यान्न र मालसामान ढुवानीमा समस्या भएको छ । अधिकांश ग्रामीण सडक पहिरो र हिलोका कारण महिनौंदेखि अवरुद्ध भइपनि सम्बन्धित निकायको ध्यान जान नसक्दा यस्तो समस्या आएको हो ।
घोडा, खच्चड तथा मानिसद्वारा गाउँमा ढुवानी गरिएका सामान पनि पर्याप्त नहुँदा महङ्गी बढेको बैतडीका स्थानिय बासीको बताउन्छन । वर्षात्का कारण असार÷साउन महिनामा अवरुद्ध भएका ग्रामीण सडक चार महिना बित्नै लाग्दासमेत सञ्चालनमा नआउँदा खाद्य सामग्री ढुवानी हुन नसकेको हो ।
बैतडीको ग्वाल्लेक रोडिदेवल, सलेना–मेलाली, सिल्लेगडा–कटौंजपानीलगायतका ग्रामीण सडक मर्मत हुन नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline