काठमाडौ १६ असोज ।
गत वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि आएका पहिरोका कारण पाँच महिनादेखि बन्द रहेको नेपालको उत्तरी छिमेकी मुलुक जोड्ने तातोपानी नाका सुचारु भएको छ ।
अरनिको राजमार्गको बाह्रबिसे कोदारी सडक खण्ड हिजोबाट सन्चालनमा आएसँगै काठमाडौबाट तोतोपानी नाकासम्म जाने बाटो खुलेको हो ।
डिभिजन सडक कार्यलय चरीकोटले लिपिङ बजारको पहिरोसँगै आएको चट्टानमाथि सडकको ट्रयाक खोलेपछि नेपाल चिन जोड्ने पहिलो नाका सन्चालनमा आएको छ ।
गत भदौ १५ गतेदेखि राजमागर्एको बाह्रबिसे कोदारी २६ किलोमिटर सडक सन्चालन गराउन सडक डिभिजन कार्यालयले पहल थालेको थियो ।
उक्त सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउदै हिजो साँझ करिब ६ बजे सीमा क्षेत्रको लिपिङ बजारसम्म साना सवारी साधन चल्न सक्नेगरी सडक खुलाइएको डिभिजन सडक कार्यालय चरीकोटका प्रमुख रामहरि पोखरेलले बताउनुभयो ।
यद्यपी ट्रयाक खुलेपनि व्यापारिक प्रयोजनका कन्टेनरका लागि केही ठाउँमा सडक साँघुरो भएकाले आजबाट सडक सधार थालिने पोखरेलको भनाई छ ।
सडक खुलेपछि सीमा क्षेत्रका बासिन्दाहरु व्यवसाय सन्चालन हुनेमा आशावादी छन् । नाका खुलेपछि चीनबाट सामन आयात हुनेभएपछि आपूर्ति सहज हुने देखिएको छ ।