ट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय

ट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

झापा , १४ असोज । 

इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला झापामा ब्याट्रीबाट चल्ने ई–रिक्सा लोकप्रिय भएका छन् ।

विगत छ महिनायता मेची अञ्चलको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा ई–रिक्सा चलाउँदै आएका बिर्तामोड–७ का एकराज पोखरेल नाकाबन्दीको असरले तेलगाडी चल्न कम भएपछि ई–रिक्साको कमाइ दोब्बर हुन थालेको बताउनुहुन्छ ।

तीन दिनदेखि झापाका सबै पेट्र«ोल पम्पमा डिजेल र पेट्रोलको मौज्दात सकिएर बिक्री वितरण बन्द भएको अवस्था छ । इन्धन अभावका कारण राजमार्ग र सहायक सडकहरूमा ई–रिक्साबाहेकका सवारी साधन ह्वात्तै पातलिएका छन् ।

मेचीनगर, भद्रपुर, दमक र सुरुङ्गामा पनि सर्वसाधारणका लागि आवतजावत गर्न ई–रिक्सा नै सहज उपलब्ध भएको छ । यातायात व्यवस्था कार्यालय मेचीले अञ्चलभर भदौ मसान्तसम्ममा ८७४ वटा ई–रिक्सा दर्ता भएको जनाएको छ । दर्ता भएका सबै ई–रिक्सा झापामै सञ्चालित छन् ।

बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला उपयोगी देखिएका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पु¥याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्ने देखिन्छ ।

पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य रु दुई लाख ४५ हजारसम्म पर्ने गरेको छ । दैनिक रु दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक एकराज पोखरेल बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी