आइओसीले सम्झौताअनुसार तेल आपूर्ति नगरेपछि निगमद्धारा विकल्प खोज्ने  जानकारी 

आइओसीले सम्झौताअनुसार तेल आपूर्ति नगरेपछि निगमद्धारा विकल्प खोज्ने  जानकारी 

  • मङ्लबार, अशोज १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, असोज १२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ दिने कि नदिने भनेर भारतीय आयल कर्पोरेसन (आइओसी)लाई पत्र पठाएको छ ।

विगत ४० वर्षदेखि पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको निगमले आइओसीलाई पेट्रोलियम पदार्थ नदिने भए नेपाल सरकारले विकल्प खोज्नेसहितको पत्र आइओसीलाई पठाएको हो ।

आइओसीले १ सय ५० भन्दा बढी नेपाली ट्यांकरमध्ये ५/६ ओटामा मात्रै पेट्रोलियम पदार्थ ‘लोड’ गरेको भन्दै मंगलबार त्यस्तो पत्र पठाइएको निगमका प्रवक्ता दीपक बरालले बताए ।

उनले सरकारको निर्देशन आएलगत्तै अन्यत्रबाट पनि पेट्रोलियम पदार्थ आयात गर्न निगम लाग्ने पनि बताए ।
प्रवक्ता बरालले आइओसीले देखाउनको लागि मात्रै नगन्य मात्रामा नेपाली ट्यांकर लोड गरेको त्यो पनि नाकामा रोखिएको बताए । उनले अब सरकारले विकल्प खोज्ने पनि बताए ।
यसैबीच, मंगलबार निगमले काठमाडौं उपत्यकामा १ लाख ३ हजार लिटर पेट्रोल र २ लाख ३६ हजार लिटर डिजेल बिक्री गरेको जनाएको छ ।
निगमले मंगलबार उपत्यकाका ५६ ओटा पम्पलाई डिजेल र १३ ओटा पम्पलाई पेट्रोल उपलब्ध गराएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी