बौद्धनाथ स्तुपाको पुनःनिर्माणका लागि ३३ लाख सहयोग

बौद्धनाथ स्तुपाको पुनःनिर्माणका लागि ३३ लाख सहयोग

  • आइतवार, अशोज १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १० असोज ।

भूकम्पले क्षतिग्रस्त बौद्धनाथ स्तुपा (चैत्य) को पुनःनिर्माणका लागि बुद्धिस्ट एसोसिएसन अफ चाइनाले रु ३३ लाख २० हजार (दुई करोड युआन) सहयोग प्रदान गरेको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा पर्यटन मन्त्रालय अन्तर्गत रहेको बौद्धनाथ क्षेत्र विकास समितिलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा पर्यटन मन्त्री कृपाशुर शेर्पाले एक असल छिमेकीका रुपमा रहेको चीनले संकटका बेला नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै चीनविरोधी कार्य भइरहेको समाचार बाहिर आएपनि नेपाली भूमिमा यस्ता कार्य गर्न नदिने बताउनुभयो ।

संस्थाका अध्यक्ष गुरु जुबे चेङ्ले रकम धेरै नभएपनि सहयोगका लागि बढाएको हात र साथ ठूलो कुरा भएको बताउनुभयो । यसैगरी, कार्यक्रममा आनी छोइङ् डोल्माको अनाथ बालबालिकाको विद्यालयलाई पनि सहयोगस्वरुप रु १६ लाख प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी