तेह्रथुम, ८ भदौ ।
तेह्रथुमको ओयाक्जुङ– ८ र ९ मा रहेको जोगी बस्तीका महिलाहरु व्यावसायिक अकबरे खुर्सानी खेतीमा लागेर मनग्ये आम्दानी गरिरहेका छन् ।
खेती प्रविधिबारे ज्ञान लिएर कम लगानीमै उल्लेख्य आम्दानी गर्न सक्ने भएपछि अहिले यहाँका अधिकांश महिलाहरुले अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट वार्षिक लाखौँ रुपैयाँ गाउँमा भित्र्याइरहेका छन् । दुई वर्ष अघि परिक्षणका रुपमा सुरु गरिएको अकबरेको खेती यसवर्षबाट गाउँका ६० जना महिलाहरुले व्यावसायिक रुपमा गरेका छन् ।
आर्थिक उन्नतिका लागि गाउँमा गठन भएका महिला समुह मार्फत अकबरेको व्यावसायिक खेती हँुदै आएको छ । अघिल्लो वर्र्ष परीक्षणका लागि केही महिलाले गरेको खेतीबाट मात्र २ लाख रुपैयाँ भन्दा बढी रकम गाउँमा भित्रिएको स्थानीय निशा जोगीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline