चार महिना नपुग्दै उक्कियो खानीडाँडा विमानस्थलको कालोपत्रे  

चार महिना नपुग्दै उक्कियो खानीडाँडा विमानस्थलको कालोपत्रे  

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

खोटाङ, ६ असोज ।

खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ ।

गत असार पहिलो साता सम्पन्न गरिएको कालोपत्रे चार महिना नपुग्दै उप्किनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि उडान अवतरणमा समस्या हुन थालेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । “ठेकेदारको लापरबाहीले यस्तो समस्या सिर्जना भएको हो” उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

नागरिक उड्डयन प्राधिकरणको रु सात करोड २४ हजार ३८० लागतमा लामा बुईल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनीले विमानस्थल कालोपत्रे गरेको थियो । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएको छ ।

ठेकेदारले नाफा कमाउन गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो समस्या देखा परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “चन्दा सङ्कलन र श्रमदानबाट निर्माण गरिएको विमानस्थल कालोपत्रे गरेपछि प्रभावकारी हुने अपेक्षा गरिएको थियो ।” उहाँले भन्नुभयो, “ठेकेदारको लापरबाहीले चार महिना नपुग्दै जीर्ण बनेको छ ।”

यसबारे सम्बन्धित निकायलाई तत्काल सुधार गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । “ठेकेदारले यसरी अलपत्र छाड्न मिल्दैन” उहाँले भन्नुभयो, “आयोजना प्रमुखसँग कुरा भइरहेको छ, यदि काम पूरा नगरेको खण्डमा कारबाही हुन्छ ।”

हतारमा गरिएको काम भएकाले यस्तो समस्या आएको स्वीकार गर्दै आयोजनाका प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले तत्काल समस्या समाधान गरिने बताउनुभएको छ । “तत्कालका लागि उडान भर्ने व्यवस्था मिलाएका हौँ ।” उहाँले भन्नुभयो, “विज्ञ टोली ल्याएर फिनिसिङ गर्ने तयारीमा छौँ ।”

खोटाङवासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, अग्नि, गोमा र तारा एयरलाइन्सले उडान भर्दै आएको छ । खानीडाँडा, लामीडाँडा र थामखर्क गरी तीनवटा विमानस्थल सञ्चालनमा रहेको जिल्लामा खानीडाँडा विकानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी