मुलुकको पछिल्लो अवस्थाप्रति निजी क्षेत्र चिन्तित

मुलुकको पछिल्लो अवस्थाप्रति निजी क्षेत्र चिन्तित

  • बुधबार, अशोज ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ६ असोज ।

निजी क्षेत्रले नयाँ संविधानको घोषणापश्चात मुलुकभित्र जारी आन्दोलन सामान्य हुने विश्वास लिइएकामा पछिल्लो अवस्था निकै संवेदनशील भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी संवादका माध्यमबाट जनताका असन्तुष्टिलाई समाधान गरी मुलुकको सार्वभौमिकता र मुलुकले हासिल गरेको राजनीतिक उपलब्धिलाई जोगाउन आग्रह गरेको हो ।

वर्तमान सङ्कट निवारण गर्न आन्दोलनरत दल र तत्काल वार्ताको वातावरण बनाउन सरकार, मुख्य राजनीतिक दलसँग आग्रह गरिएको छ । मङ्गलबार भारतीय भन्सार नाकाबाट सामान नछुटेका र भारतीय पक्षबाट नाकाबन्दी भएको भनि सामाजिक सञ्जाल र केही सञ्चार माध्यममार्फत संप्रेषित समाचारहरु सत्यतामा आधारित नभएको महासङ्घले स्पष्ट पारेको छ ।

सत्यता बाहिर गएर गरिएका यस्ता प्रचारको पछाडि नलाग्न र आमजनताको दैनिक जीवनयापननै ठप्प पार्ने यस्ता भ्रामक प्रचार नगर्न नगराउनसमेत आग्रह गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी