राष्ट्र निर्माणमा जुट्नुस्–अर्थमन्त्री

राष्ट्र निर्माणमा जुट्नुस्–अर्थमन्त्री

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पोखरा, ४ असोज । अर्थमन्त्री डा रामशरण महतले अब देशले संविधान पाइसकेकाले बन्द, हडताल, तोडफोड र अनावश्यक राजनीतिक विवाद त्यागेर राष्ट्र निर्माणमा जुट्न सवैसँग आग्रह गर्नुभएको छ ।

नेपालको संविधानको स्वागतार्थ आज मानव अधिकारचोकमा भएको उत्सवसभालाई सम्बोधन गर्दै उहाँले अब सारा शक्ति आर्थिक कार्यसूचीमा केन्द्रविन्दु गरेर देशलाई समृद्धितिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेसका केही शक्ति पहाड र मधेसीबीच अविश्वास बढाएर आफ्नो निहित स्वार्थ पूरा गर्नतर्पm लागेको आरोप पनि लगाउनुभयो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले नयाँ संविधानको विरोध गर्नु भनेको जनमत र कानुनको विरोध गर्नु हो भन्नुभयो । उहाँले अब सबैलाई कानुनको सम्मान गरी लोकतन्त्रको विश्वास गर्दै अघि बढ्न सबैसँग आग्रह गर्नुभयो ।

नेकपा(एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले सबै जातजाति र समुदायले नयाँ संविधानबाट केही न केही पाएको धारणा राख्नुभयो ।

एकीकृत नेकपा (माओवादी) स्थायी समिति सदस्य जनार्दन शर्माले नयाँ संविधान घोषणासँगै समाजवादी क्रान्तिको बाटो अघि बढेको बताउनुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले नयांँ संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी