प्रत्येक जेठ १५ मा केन्द्र सरकारको बजेट सार्वजनिक हुने

प्रत्येक जेठ १५ मा केन्द्र सरकारको बजेट सार्वजनिक हुने

  • सोमवार, अशोज ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ४ असोज ।
देशमा नयाँ संविधान लागु भएसँगै अब प्रत्येक वर्षको जेठ १५ मा केन्द्र सरकारको बजेट सार्वजनिक हुने भएको छ ।

नयाँ संविधानमा सो दिन नेपाल सरकारका अर्थमन्त्रीले संघिय संसदमा बजेट पेस गर्ने व्यवस्था गरिएको छ ।

नेपाल सरकारका अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ माहिनाको १५ गते संघीय संसदमा पेस गर्नेछ, नयाँ संविधानमा उल्लेख गरिएको छ ।

बजेट आउने दिन संविभानमै उल्लेख गरिएपछि समयमै बजेट नआउने पुरानो समस्या समाधान हुने देखिएको छ ।

यस्तै, संविधानमा पूरक बजेट ल्याउने व्यवस्था पनि गरिएको छ । प्रदेश सरकारले बजेट ल्याउने दिन भने तोकिएको छैन ।

प्रदेश स्तरमा सन्चित कोष स्थापना गरिने र प्रदेशले प्राप्त गर्ने सबै रकम र धन सोही कोषमा जम्मा पारिने संवैधानिक व्यवस्था गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी