बेहुलीझै सिँगारियो संविधानसभा भवन (फोटोफिचर)

बेहुलीझै सिँगारियो संविधानसभा भवन (फोटोफिचर)

  • आइतवार, अशोज ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, ३ असोज ।

नयाँ बानेश्वर स्थित संविधानसभा भवनलाई अहिले बेहुली झै सिंगारीएको छ ।‘नेपालको संविधान, २०७२’ घोषण हुने ऐतिहासिक स्थल संविधानसभा भवनभित्र उत्साह र उल्लास छाएको छ ।

सात दशक लामो संघर्षपछि संविधानसभाबाट संविधान जारी हुन लागेकोले संविधानसभा भवन सिंगारीएको हो ।

राष्ट्रिय भन्डा, रङ्गीचङ्गी ध्वजापताका र बेलुनले संविधानसभा परिसर सजिसजाउ देखिएको छ । भवनको बैठक कक्षको प्रवेश द्वारमा ‘संविधान उत्सव’ लेखिएको रङ्गीन ब्यानर बिछ्याइएको छ ।

सोही द्वारमा सभाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्नुहुनेछ । भवनको परिसरमा चारैतिर विद्युतीय झिलीमिली देखिन्छ भने गमला र पानीका फोहराले साँझ ५ बजेको समयलाई व्यग्र प्रतीक्षा गरिरहेको भान हुन्छ ।

 

समारोहमा विशिष्ट व्यक्तिको आगमनको क्रम सुरु भएको छ । अहिले ऐतिहासिक घटनाका प्रत्यक्ष समाचार सम्प्रेषणका लागि नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरु खटिएका छन् भने सभासद् र पूर्वसभासद् तस्बिर खिचाउन व्यस्त देखिएका छन् ।

आज साँझ हुने भव्य समारोहकाबीच राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान घोषणा गर्नुहुनेछ ।

 

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेमवाङले प्रमाणीकरण गर्नुभएको संविधान राष्ट्रपतिले घोषणा गर्नुभएसँगै देशमा नयाँ संविधान लागु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी