पर्यटन एक्काइसौँ शताब्दीको ठूलो उद्योग

पर्यटन एक्काइसौँ शताब्दीको ठूलो उद्योग

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १ असोज । पर्यटन उद्योग एक्काइसौँ शताब्दीको ठूलो उद्योगका रुपमा विकास हुँदै गएको नेताहरुले बताएका छन् ।

नेकपा (एमाले) निकट पर्यटन व्यवसायीको सङ्गठन ‘नेपाल राष्ट्रिय पर्यटन व्यवसायीे सङ्गठन’ केन्द्रीय समितिको बैठक उद्घाटन गर्दै पार्टीका महासचिव ईश्वर पोखरेलले धेरै पर्यटक देशमा भित्र्याउने हो भने काठमाडौँ उपत्यकामा रहेको होटल, सवारी सुविधालाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै लैजानु आवश्यक रहेको औँल्याउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको देशमा आवश्यक पूर्वाधारको अभाव भएको बताउनुभयो ।

एमाले स्थायी समिति सदस्य मुकुन्द न्यौपानेले पर्यटन क्षेत्रको आवश्यक पूर्वाधार पु¥याएर छिमेकी मुलुकमा आउने पर्यटकलाई हाम्रो देशमा तान्नुपर्छ भन्नुभयो । एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, सङ्गठनका अध्यक्ष चन्द्र रिजाललगायतले संविधान निर्माणसँगै आर्थिक क्रान्ति हुने भन्दै बन्द हडतालजस्ता क्रियाकलाप गर्न नहुनेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी