काठमाण्डौ,३१ भदौ ।
हालै नेपालमा सम्पन्न भएको प्रथम साफ यू–१९ च्याम्पियनसिप पूmटवल प्रतियोगिता–२०१५ मा नेपाली टिमले विजय हासिल गरी नेपालको सिर उच्च राख्न सफल भएकोमा वल्र्डलिंक कम्युनिकेशन्स्ले विजयी टिमलाई उच्च गतिको इन्टरनेट सेवा दिई सम्मान गरेको छ ।
उक्त सम्मान कार्यक्रममा वल्र्डलिंक कम्युनिकेशन्स्का कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र विजय कुमार जालानले सम्पूर्ण खेलाडीलाई हार्दिक बधाई तथा धन्यवाद दिएका छन ।
सो कार्यक्रममा एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधर तथा प्रमुख प्रशिक्षक श्री बाल गोपाल महर्जनले वल्र्डलिंक कम्युनिकेशन्स्लाई सम्मानको लागि हार्दिक धन्यवाद दिए ।
“जहाँसुकै, जहिले पनि हरेक व्यक्तिलाई ईन्टरनेटसंग जोडनु” दूरदृष्टि रहेको यस कम्पनीले हालै स्थापनाको २० औ वर्ष पुरा गरेको छ र सो अवसरमा अत्याधुनिक तथा उच्च प्रविधियुक्त जिपन फाईवरको माध्यमबाट उच्च गतिको भरपर्दाे र सस्तो इन्टरनेट सेवाको प्याकेज बजारमा ल्याएको छ ।
साथ साथै स्थापना दिवसको अवसर पारेर कम्पनीले विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ, यसै सिलसिलामापाटन दरबार स्क्वायरमा स्थानिय, बाह्य तथा आन्तरिक पर्यटकको सुविधाका लागि उच्च गतिको निःशुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गरेको छ ।
